सहकारी संस्थाले सुरु गर्‍याे शैक्षिक प्रमाणपत्र धितो राखेर कर्जा दिने काम

 असोज ६, २०७५ शनिबार १५:५२:१४ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १५ स्थित सिसा सगुन बचत तथा ऋण सहकारी संस्थाले शैक्षिक प्रमाणपत्र धितो राखेर कर्जा दिन सुरु गरेको छ ।

व्यवसाय गर्न चाहनेहरुलाई लक्षित गरेर शैक्षिक प्रमाणपत्र धितो राखि कर्जा दिन सुरु गरिएको संस्थाका अध्यक्ष बालचन्द्र शर्माले जानकारी दिनुभयो । अध्यक्ष शर्माका अनुसार शैक्षिक प्रमाणपत्र धितो राखेर एसइइ पास गरेकालाई २५ हजार, प्लस टु गरेकालाई एक लाख ५० हजार, स्नातक गरेकालाई तीन लाख र स्नातकोत्तर पास गरेकालाई ५ लाख रुपैयाँ कर्जा सहकारीले दिन सुरु गरेको छ ।

यसरी कर्जा लिनेहरुले कर्जा लिने बेला प्रतिवद्धता अनुसारको व्यवसाय गर्नै पर्ने व्यवस्था गरिएको संस्थाले जनाएको छ । सहकारी क्षेत्रमा केही नमुना योग्य काम गर्ने सोच रहेको भन्दै संस्थाले अहिले नयाँमा पेन्सन बचत, उपदान बचत, सञ्चय कोष बचत, दोब्बर बाल बचत र सगुन विशेष बचत पनि सुरु गरेको जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

1 Comments

  • Preetam bhusal

    Sept. 23, 2018, 8:15 a.m.

    यसको लागि के के कागज पत्र चाहिने हो ? अनि धितो भनेकोनै शैक्षिक प्रमाणपत्र हो कि अरु नै केही राख्नु पर्छ? ब्याजदर कति छ ? अनि खास कुन पर्योजनको लागि दिन्छ त लोन ? कृपया प्रति उत्तर दिनुहोला ।

  •  0 Reply

तपाईको प्रतिक्रिया