सुर्खेतमा २१ तोला सुनसहित एक जना पक्राउ

 असोज ६, २०७५ शनिबार १६:४५:१५ | मुना हमाल
unn.prixa.net

सुर्खेत – सुर्खेतमा २१ तोला सुनसहित एक जना पक्राउ परेका छन् ।

वीरेन्द्रनगर ११ स्थित सुब्बाकुना प्रहरी चौकीको चेक प्वाइन्टमा चेकजाँच गर्ने क्रममा बाँकेको उपमहानगरपालिका १४ मा रहेको नयाँ राज ज्वैलर्सका सञ्चालक सहबुद्धिन जसगढ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएपी श्यामसिंह चौधरीले जानकारी दिनुभयो ।

उनी भे ५ प १८ नम्बरको मोटरसाइकलमा सवार थिए । कर्णाली  प्रदेश प्रहरी कार्यालयका, विशेष व्यूरोको टोलीले चेक जाँच गर्न खोज्दा उनी भागी जानेक्रममा पक्राउ परेका हुन ।

‘प्रहरीको टोलीले चेकजाँच गर्ने क्रममा उनी भागेका थिए । चेक प्वाइन्टभन्दा तीन सय मिटर पर पुगेपछि प्रहरीले पक्राउ गर्न सफल भयो’, उहाँले भन्नुभयो, ‘उनीबाट २१ तोला सुनसहित ७९ ग्राम पत्थर पनि बरामत गरिएको छ ।’

त्यो सुनको बजार मूल्य १२ लाख बराबर रहेको डीएसपी चौधरीले जानकारी दिनुभयो । जसगढलाई राजस्व अनुसन्धान कार्यालय कोहलपुर बुझाएर अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।  
 

अन्तिम अपडेट: चैत १५, २०८०

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया