मनसुन लगभग अन्त्यतिर

 असोज ७, २०७५ आइतबार ९:२६:५२ | उज्यालो सहकर्मी

काठमाडौं – यस वर्षको मनसुन लगभग अन्त्यतिर आइपुगेको मौसमविदले बताएका छन् । 

नेपालमा समान्यता जुन १० तारिखमा मनसुन सुरु भई सेप्टेम्बर २३ तारिख सकिने गरेकोमा यसपाली बंगालको खाडीबाट आएको न्यूनचापीय वायूको प्रभावका कारण मनसुन लम्बिएको मौसमविद् विभूति पोखरेलले जानकारी दिनुभयो । 

उहाँका अनुसार बंगालको खाडीबाट आएको वायूको प्रभाव नेपालमा अझै छ । अहिलेको अवस्थाले अबको हप्ता १० दिन पछि मात्रै मनसुन सकिने अनुमान गरिएको पनि उहाँले बताउनुभयो । 

नेपालमा यसवर्ष २ दिन अगावै अर्थात जुन ८ तारिखमा नै मनसुन भित्रिएको थियो । यसैबीच आज देशका केही ठाउँमा पानी पर्ने अनुमान गरिएको छ । विशेषगरी पश्चिमी क्षेत्रमा पानी पर्ने सम्भवना रहेको मौसमविद्ले बताएका छन् । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया