प्रिमियर लिगमा आज राति आर्सनल र चेल्सी खेल्दै
बैशाख ११, २०८१ मंगलबार
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई जन्मदिनको शुभकामना दिनुभएको छ । राष्ट्रकविको लाजिम्पाटमा रहेको निवासमै पुगेर राष्ट्रपतिले शुभकामना दिनुभएको हो ।
एकसय वर्ष पुगेका राष्ट्रकवि घिमिरेलाई राष्ट्रपतिले शुभकामनासँगै हातमा फूलको बुकी समेत दिनुभयो । राष्ट्रकविलाई शुभकामना दिन बिहानैदेखि उहाँको निवासमा परिवार, आफन्त र शुभचिन्तकको घुईंचो लागेको छ ।
तस्बिर : रासस