आईएमईले ल्यायो ‘दशैंमा बीस लाख’ योजना

 असोज ७, २०७५ आइतबार ११:५८:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – रेमिटेन्स सेवाप्रदायक कम्पनी आइएमईले दशैं, दीपावली र छठलाई लक्षित गर्दै सेवाग्राहीमूखि प्रवर्द्धनात्मक कार्यक्रम ‘दशैंमा बीस लाख’ योजना सार्वजनिक गरेको छ । यो योजना २०७५ साल असोज ७ गतेदेखि सुरु भई २०७५ साल मङ्गसिर मसान्तसम्म लागू हुनेछ भने योजना अवधिमा विदेश तथा स्वदेशबाट आइएमई गर्ने सम्पूर्ण सेवाग्राही सहभागी हुन सक्ने विज्ञप्तिमार्फत जानकारी दिइएको छ ।

स्थापनाकालदेखि नै विभिन्न सेवाग्राहीमुखि र व्यवसायिक साझेदारमुखि योजना सार्वजनिक गर्दै आइरहेको आईएमईले यसपालिका पर्वहरूमा देश विदेशमा रहनु भएका लाखौँ सेवाग्राहीहरूलाई लक्षित गरी यो प्रवर्द्धनात्मक योजना सार्वजनिक गरेको हो । 

योजना अवधिभरगरिएको ट्रान्जेक्सनलाई आईएमईको सफ्टवेयर पद्दतिमा लिङ्क गरि ‘लक्की ड्र’ बाट छनोट हुने विजेताहरुमध्ये हरेक दिन १० जना भाग्यशाली सेवाग्राहीलाइ ‘आइएमई पे’ मार्फत रू.१००० को बिल भुक्तानी, हरेक हप्ता १ जना भाग्यशाली सेवाग्राहीलाई रू.१०,००० नगद, हरेक महिना १ जना भाग्यशाली सेवाग्राहीलाई रू.१ लाख नगद तथा बम्परमा १ जना भाग्यशाली सेवाग्राहीलाई २० लाख रुपैयाँ नगद प्रदान गरिनेछ । 

‘लक्कीड्र’बाट छानिएका विजेता सेवाग्राहीहरूको सिफारिस बमोजिम नेपालमा बस्नु हुने आफन्तलाई समेत पुरस्कार प्रदान गरिनेछ । सेवाग्राहीले आईएमईको जुनसुकै एजेन्ट संजालमार्फत् रेमिटेन्स कारोबार गरेको भौचरको सक्कल कपी योजना अवधिसम्म सुरक्षित राख्नुपर्नेछ । आईएमईमा कार्यरत कर्मचारी, संस्थापक, एजेन्ट संचालक तथा आईएमई सम्बद्ध कुनै पनि व्यक्ति यो योजनामा सहभागी हुन पाउनुहुने छैन । 

विजेताले प्राप्त गर्ने पुरस्कार राशीमा नेपाल सरकारको नियमानुसार लाग्ने कर कट्टी गरिनेछ । योजनाको सर्वाधिकार यस कम्पनीमा निहीत हुनेछ । विस्तृत जानकारी कम्पनीको आधिकारिक वेबसाइट, सामाजिक संजाल, सहकार्यमा रहेका एजेन्ट साझेदार, क्षेत्रीय सम्पर्क कार्यालय एवम् प्रतिनिधि, विदेशस्थित सम्बन्धित कार्यालय, केन्द्रीय कार्यालय एवं संचार माध्यममार्फत् प्राप्त गर्न सकिनेछ ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया