लाेकेश बमले शतक बनाए पनि नेपालकाे 'ए' टाेली आयरल्यान्ड–उल्भ्स...
चैत १६, २०८० शुक्रबार
काठमाडौं – नेपाल आयल निगमले अब पेट्रोलियम पदार्थको कारोबार सहज हुने जनाएको छ । आइतबारदेखि उपभोक्तालाई मागे जति तेल दिन पेट्रोल पम्पहरुलाई परिपत्र गरेको निगमका निमित्त कार्यकारी निर्देशक सुशिल भट्टराईले बताउनुभयो ।
उहाँका अनुसार तेलको आयात बढेकाले अब समस्या हुने छैन । यस्तै निगमले आइतबारदेखि कोटा प्रणाली पनि हटाएको छ । ट्याङकर चालकले ढुवानीमा असहयोग गर्दा आपूर्ति प्रभावित भएपछि निगमले शुक्रबारदेखि कोटा प्रणाली लागू गरेको थियो ।
निगमले हरेक दिन आपूर्ति बढिरहेकाले अब पेट्रोलियम पदार्थको अभाव नहुने जनाएको छ ।