बारामा घाँस काट्न गएकी महिलाको घाँटी रेटी हत्या

 असोज ७, २०७५ आइतबार १३:१३:३७ | जयनारायण यादव
unn.prixa.net

बारा – बारामा घाँटी रेटी एकजना महिलाको हत्या भएको छ ।

कलैया उपमहानगरपालिका १३ बलिरामपुरकी ४५ वर्षीय सियापति धोबिनको घाटी रेटी हत्या भएको प्रहरीले जनाएको छ । शनिबार साँझ घास काट्न गएकी महिला राति अवेरसम्म घर नफर्के पछि खोजी गर्न परिवारले प्रहरीलाई जानकारी गराएका थिए ।

प्रहरीले आइतबार बिहान गाउँ नजिकैको उखु बारीमा घाटी रेटी हत्या गरिएको अवस्थामा महिलाको शव फेला पारेको प्रहरी उपरीक्षक मिरा चौधरीले जानकारी गराउनुभयो ।

घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शव परिक्षणको लागि कलैया अस्पतालमा राखिएको छ ।
 

अन्तिम अपडेट: चैत १६, २०८०

जयनारायण यादव

जयनारायण यादव बाराका उज्यालो सहकर्मी हुन् ।

1 Comments

  • Jaahir

    Sept. 23, 2018, 2:58 p.m.

    Malaysia nepal exchange rate

  •  0 Reply

तपाईको प्रतिक्रिया