राष्ट्रकविको घरमा बिहानैदेखि चहलपहल

 असोज ७, २०७५ आइतबार १४:४१:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – राष्ट्रकवि माधवप्रसाद घिमिरेले आइतबार आफ्नो जन्मदिन मनाउँदै हुनुहुन्छ ।

आजदेखि  उहाँ एकसय वर्षको हुनुभएको हो । राष्ट्रकविको विशेष जन्मदिनको अवसरमा उहाँको निवासमा बिहानैदेखि चहलपहल छ । राष्ट्रपति विद्यादेवी भण्डारीदेखि परिवारका सदस्य, आफन्त, छिमेकी, नेपाली साहित्य क्षेत्रका विभिन्न व्यक्तित्व तथा अरु शुभचिन्तकहरु बधाई दिन उहाँकै निवास पुगेका छन् । 

राष्ट्रकवि घिमिरे आफ्नी धर्मपत्नीसँगै बसेर शुभकामना दिन आउनेहरुसँग सकेजति कुरा गर्ने प्रयास गरिरहनुभएको छ । एकसय वर्षको जन्मदिनको उपलक्ष्यमा उहाँको घरमा पूजापाठ पनि भैरहेको छ ।

 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया