अालुकाे बाेरामा भेटियाे भारु ७१ लाख ७९ हजार, एकजना पक्राउ

 असोज ७, २०७५ आइतबार १८:८:६ | उज्यालो सहकर्मी
unn.prixa.net

कैलाली – भजनी नगरपालिका ३ मोरिया घाटबाट नेपाल ल्याउँदै गरेको भारतीय रुपैयाँ ७१ लाख ७९ हजार तीन सयसहित एकजना पक्राउ परेका छन् ।

लम्की चुहा नगरपालिका १ लम्कीका ३२ वर्षीय कृष्णराज जैसी भारतीय रुपैयाँसहित पक्राउ परेका हुन् । सशस्त्र प्रहरी बल भजनीको टोलीले जैसीलाई नेपाल आउँदै गरेको बेला पक्राउ गरेको हो ।

से ४ प ६७६० नम्बरको मोटरसाइकलमा आलुको बोराभित्र भारतीय रुपैयाँ ल्याउँदै गरेका जैसीलाई पक्राउ गरेको सशस्त्र प्रहरीका डीएसपी धीरेन्द्र शाहले बताउनुभयो । उहाँले बरामद भएको रकम इलाका प्रहरी कार्यालय टीकापुरमा बुझाएको बताउनुभयो । 


 

अन्तिम अपडेट: चैत २३, २०८०

तपाईको प्रतिक्रिया