दसैँको अवसरमा खाद्यान्नमा छुटैछुट, कुन वस्तुमा कति छुट ?

 असोज ७, २०७५ आइतबार १८:२४:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दसैँको अवसरमा असोज १२ गतेदेखि २७ गतेसम्म देशका विभिन्न स्थान सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ ।

विभिन्न सहकारीको समन्वयमा देशका मुख्य सहर र सदरमुकामहरुमा सुपथ मूल्य पसल खोल्ने विभागले जनाएको छ । साल्ट ट्रेडिङ कर्पोरेशनले काठमाडौंमा ९ वटा स्टल र ३ वटा घुम्ती पसल अनि काठमाडौं बाहिरका डिपो र कार्यालय गरी २४ गरी ३६ स्थानबाट सुपथ मूल्य पसल सञ्चालन गर्ने जनाएको छ  ।

यस्तै दुग्ध विकास संस्थानले नेपालभर १२ स्थानम सुपथ मूल्य चलाउने जानकारी दिएको छ । सहकारी पसल तथा डिलर अनि खुद्रा पसलले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा सूचीकरण भएर भएर सुपथ मूल्य पसल चलाउने भएका छन् । सोमबारदेखि नै सूचीकरणको लागि आवेदन लिइने विभागले जनाएको छ ।

दसैंमा मूल्य सस्तो बनाउनको लागि आइतबार विभागमा विभिन्न उद्योगी, व्यापारी, सहकारी तथा उपभोक्तावादीहरुबीच भएको छलफलमा उद्योगीहरु निम्न छुट दिने घोषणा गरेको विभागले जनाएको छ 

दाल चामल उद्योगले दाल र चामलमा ३ प्रतिशत छुट दिने

दाल चामल थोक बिक्रेताले दाल चामलमा ३ प्रतिशत छुट दिने

तेल घ्यू उद्योगले प्रतिलिटर ३ रुपैयाँ छुट दिने

पैठारीकर्ताले आयातित तेलमा ५ लिटर किन्दा १ सय ५० रुपैयाँ छुट दिने

चिनी उद्योगले मूल्य अभिवृद्धि करबाहेक प्रतिकेजी ५७ रुपैयाँमा बेच्ने

सहकारी उद्योगले उत्पादन गरेको मसलामा १० रुपैयाँ छुट दिने

यस्तै नेपाल खाद्य संस्थानले आफ्ना व्यापारिक बस्तुमा छुट दिने घोषणा गरेको छ । खाद्य संस्थानले निम्न बस्तुमा निम्न छुट दिँदैछ ।

सोना मन्सुल चामलमा ५ रुपैयाँ छुट दिएर ४० रुपैयाँ प्रतिकिलोमा बेच्ने

जीरा मसिनो चामलमा पनि ५ रुपैयाँ छुट दिएर प्रतिकिलो ५५ रुपैयाँमा बेच्ने

बास्मती चामल १० रुपैयाँ छुट दिएर ८१ रुपैयाँ प्रतिकिलो

गोरखानाथ चामल  १० रुपैयाँ छुट दिएर ३८ रुपैयाँ प्रतिकिलो

जापनीज चामलमा ५ रुपैयाँ छुट दिएर प्रतिकिलो ७५ रुपैयाँ

जुम्ली सिमीमा १० रुपैयाँ छुट दिएर १ सय २० रुपैयाँ प्रतिकिलो

 जुम्ली तितेफापर १० रुपैयाँ छुट पछि ७० रुपैयाँ प्रतिकिलो
 

खसी  बोकामा प्रतिकिलो १० रुपैयाँ छुट दिने । 

यस्तै साल्ट ट्रेडिङले पनि आफ्ना बस्तुमा छुट दिएको छ । साल्ट ट्रेडिङले निम्न बस्तुमा छुट दिएको छ ।

नुनमा २ रुपैयाँ छुट गरेर प्रतिकिलो १८ रुपैयाँ

चिनीमा प्रतिकिलो ५ रुपैयाँ छुट

यस्तै दुग्ध विकास संस्थानले पनि आफ्ना निम्न उत्पादनमा निम्न छुट दिएको छ । 

घ्यू ९ सय रुपैयाँमा ५० रुपैयाँ छुट दिएर प्रतिकिलो ८ सय ५० रुपैयाँ

पनिर १० रुपैयाँ छुटपछि  ६ सय १० रुपैयाँ प्रतिकिलो

बटर, दही, चिज, लस्सी, आइसक्रिमलगायतका उत्पादनमा पनि केही छुट दिने संस्थानले जनाएको छ । 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया