जथाभाबी फोहर फाल्नेबाट वीरगञ्ज महानगरले उठायो २७ लाख रुपैयाँ
चैत १६, २०८० शुक्रबार
चितवन - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले मुलुकलाई समृद्ध बनाउन सरकारले मेहनतका साथ काम गरिरहेको दावी गर्नु भएको छ ।
अध्यक्ष दाहालले जडिबुटीलाई मात्रै सदुपयोग गरेर मुलुकलाई धनी बनाउने सकिने प्रचुर सम्भावना रहेको पनि स्पष्ट पार्नुभयो । उहाँले सरकारको समग्र कामलाई समीक्षा गरेर अघि बढने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । अध्यक्ष दाहालले स्वास्थ्य क्षेत्रलाई अघि बढाउन सकारात्मक भिजन निर्माणमा लाग्नुपर्नेमा पनि जोड दिनुभयो ।
चितवनको भरतपुरमा आइतबार आयोजित ‘आठौं हेल्थ अवार्ड’ वितरण समारोहलाई सम्बोधन गर्दै उहाँले सुशासन कायम गरेर मुलुकलाई समृद्धिको दिशामा अघि बढाउन सरकार लागिपर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।
अध्यक्ष दाहालले भरतपुरलाई मेडिकल सिटीको रुपमा विकास गर्ने प्रतिवद्धता पनि दोहोर्याउनु भयो ।
कार्यक्रममा यस वर्षको लाइफटाइम अचिभमेन्ट हेल्थ अवार्ड वरिष्ठ मृगौंला रोग विशेषज्ञ डा. मृगेन्द्रराज पाण्डेलाई प्रदान गरिएको छ ।
त्यसै गरी उत्कृष्ट चिकित्सक हेल्थ अवार्ड सगरमाथा अञ्चल अस्पतालका चिकित्सक डा. चुमनलाल दासलाई दिइएको छ । यस वर्षको उत्कृष्ट अस्पतालको अवार्ड चितवनकाे विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले हात पार्न सफल भएको छ ।
Yb
Sept. 23, 2018, 7:41 p.m.Hello pachanda kamared namaste