बंगबन्धु गाेल्डकपकाे बाँकी पुरस्कार रकम हात परेपछि नेपाली खेलाडीले याे संस्करण खेल्ने पक्का

 असोज ७, २०७५ आइतबार १९:४३:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - बंगबन्धु गोल्डकप फुटबल प्रतियोगितामा साविक विजेता नेपालको सहभागिता निश्चित भएको छ ।

गएकाे संस्करणको उपाधि विजेता नेपालले पुरस्कार बापतको पूरा रकम उपलब्ध नभएपछि नेपालले टिम दर्ता गरेर पनि सहभागिता जनाउनेमा अन्यौल भएको थियो ।

तर, बंगलादेश फुटबल फेडेरेसनले पुरस्कार बापतको २५ हजार डलर बक्यौता आइतबार अखिल नेपाल फुटबल संघ एन्फालाई उपलब्ध गराएपछि नेपालको बंगबन्धु सहभागिता निश्चित भएको हो ।

नेपालले सन् २०१६ मा भएको प्रतियोगिताको फाइनलमा बहराइन यू–२३ लाई हराउँदै उपाधि जितेको थियो । उपाधिबापतको ५० हजार डलरमध्ये २५ हजार डलर त्यतिबेलै पाए पनि बाँकी रकम चुक्ता गर्नेबारेमा बंगलादेश फुटबल फेडेरेसनले आनाकानी गरिरहेको थियो ।

दुई साताअघि एन्फा महासचिव इन्द्रमान तुलाधरले बंगलादेश फुटबल फेडेरेसनका अध्यक्षलाई भेटेर सेप्टेम्बर २९ सम्ममा पुरस्कारबापतको रकम चुक्ता नगरे आसन्न प्रतियोगितामा सहभागी नहुने अल्टिमेटम दिएका थिए ।

अल्टिमेटमको एक साताअघि नै बंगलादेश फुटबल फेडेरेसनले रकम उपलब्ध गराएको छ ।

आगामी असोज १५ देखि २६ गतेसम्म बंगलादेशको ढाकामा हुने प्रतियोगितामा नेपाल समूह ए मा परेको छ । यो समूहमा नेपालसँगै प्यालेस्टाइन र ताजिकिस्तान छन् । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया