उज्यालोकर्मी पचभैयालाई उत्कृष्ट पत्रकारिता पुरस्कार

 असोज ७, २०७५ आइतबार १९:४६:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

पाल्पा – पाल्पाका उज्यालो सहकर्मी देब पचभैया उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुभएको छ ।

वरिष्ठ समाजसेवी मनवीर गर्बुजा पुन मगरको सातौं स्मृति समारोहमा नेपाली पत्रकारिताको क्षेत्रमा क्रियाशील रहेर सूचना सम्प्रेषण गरेको भन्दै आइतबार बुटवलमा एक कार्यक्रममा पचभैयालाई नगदसहित उत्कृष्ट पत्रकारिता पुरस्कार २०७५ बाट पुरस्कृत गरिएको हो ।

श्रीनगर एफएम पाल्पाका प्रबन्धक एवं फोनीज प्रदेश नम्बर ५ का इन्चार्ज पचभैया झण्डै १७ वर्षदेखि निरन्तर पत्रकारितामा सक्रिय हुनुहुन्छ । प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले पचभैयासँगै उत्कृष्ट समाजसेवी पुरस्कारबाट  शकुन्तलादेवी पुनलाई पुरस्कृत गर्नुभएको हो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया