घरमा कोही नभएको बेलामा ज्यान मार्ने धम्की दिएर महिलाको बलात्कार

 असोज ८, २०७५ सोमबार १०:१:४७ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – मिक्लाजुङ गाउँपालिकामा ज्यान मार्ने धम्की दिएर ३० वर्षीय युवकले ३५ वर्षीया महिलालाई बलात्कार गरेका छन् । घरमा श्रीमान नभएको अवस्थामा धम्की दिएर बलात्कार गरेको आरोपमा ती युवकलाई पाँचथर प्रहरीले पक्राउ गरेको छ । 

आफू घरमा नभएको मौका छोपि श्रीमतीलाई बलात्कार गरेको भन्दै महिलाका श्रीमानले प्रहरीमा उजुरी दिएका थिए । उजुरीकै आधारमा ती युवकलाई पक्राउ गरिएको पाँचथर प्रहरीले जनाएको छ ।

असोज महिना लागेपछि पाँचथरमा दुई महिला बलात्कारको घटना सार्वजनिक भएको छ । यसअघि असोज २ गते १२ वर्षीया बालिकालाई ललाई फकाई करणी गरेको आरोपमा इलाम श्रीअन्तुका ४९ वर्षीय एक पुरुष पक्राउ परेका थिए ।

पक्राउ परेका दुवैजनामाथि जबरजस्ती करणी अपराध अन्तर्गत मुद्धा दर्ता गरी अनुसन्धान भैरहेको पाँचथर प्रहरीले जनाएको छ ।


 

अन्तिम अपडेट: बैशाख ४, २०८१

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया