जीपी कोइराला उत्कृष्ट पत्रकारिता पुरस्कार उज्यालो सहकर्मी आचार्यलाई

 असोज ८, २०७५ सोमबार १३:४८:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

अर्घाखाँची - नेपाल प्रेस युनियन अर्घाखाँची शाखाले स्थापना गरेको जीपी कोइराला उत्कृष्ट पत्रकारिता पुरस्कारबाट उज्यालो नेटवर्कका अर्घाखाँची सहकर्मी प्रेमनारायण आचार्य पुरस्कृत हुनुभएकाे छ। 

अर्घाखाँची जिल्लामा रही विगत १२ वर्ष देखि व्यवसायिक पत्रकारिता गर्दै आएका आचार्यले जिल्लामा रही विभिन्न विधामा उत्कृष्ट कलम चलाएको ठहर गर्दै प्रेस युनियन अर्घाखाँचीले  नगद ११ हजार एक सय ११ रुपैयाँ नगद र सम्मानपत्रले पुरस्कृत गरेको हो । 

नेपाल प्रेस युनियन अर्घाखाँचीको साताै‌ं जिल्ला अधिवेशन तथा १२ आै‌ं साधारणसभामा प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देल र नेपाली कांग्रेसका जिल्ला सभापति विष्णु प्रसाद खनाल मुस्कानले उक्त पुरस्कार प्रदान गर्नुभएको हो ।  
 

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया