‘लभ स्टेसन’को शुभमुहुर्त

 असोज ८, २०७५ सोमबार १४:५५:० | उज्यालो सहकर्मी
unn.prixa.net

अभिनेता प्रदीप खड्काको आगामी सिनेमा  लभ स्टेशन’को शुभमुहुर्त गरिएको छ । सोमबार बिहान पशुपति मन्दिरमा सिनेमाको शुभमुहुर्त गरिएको हो । 

प्रदीप खड्का र वितरक गोविन्द शाहीले मिलेर बनाउन लागेको यो  सिनेमामा अभिनेता प्रदीप खड्काको जोडीको रुपमा अभिनेत्री जसिता गुरुङ रहनेछिन् । 
यसका अलावा सिनेमामा रमेश बुढाथोकी, रश्मी पाण्डे, रवि डंगोल लगायतका कलाकारको पनि अभिनय रहनेछ । 

आगामी फागुनदेखि प्रदर्शनमा आउने  गरी यो सिनेमाको काम सुरु गरिएको हो ।  सिनेमाको छायाकंन नेपालसँगै अमेरिकामा गरिनेछ ।  निर्माण पक्षका अनुसार सिनेमा  सिनेमा पूर्ण रुपमा कमेडी, पारिवारिक र लभ स्टोरी कथामा बन्नेछ । सिनेमालाई उज्ज्वल घिमिरेले निर्देशन गर्दैछन् । 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया