चित्रबहादुर केसीले भने : नेपाल छिट्टै भारतमा विलय हुँदैछ

 असोज ८, २०७५ सोमबार १७:७:३० | उज्यालो सहकर्मी

काठमाडौं – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपाल अब छिट्टै भारतमा विलय हुने दिशामा अघि बढेको बताउनुभएको छ ।  

अध्यक्ष केसीले अंगिकृत नागरिकका सन्तानहरुले सजिलै वंशजको नागरिकता पाउने व्यवस्थाले नेपाल छिट्टै भारतमा विलय हुने अवस्थामा पुगेको जिकिर गर्नुभयो । 

काठमाडौंमा आयोजित ‘राष्टिय हित विपरितको नागरिकता विधेयक स्थगन गर्ने र सर्वाधिकार सम्पन्न नागरिकता छानबिन आयोग गठन गर्ने’ विषयक अन्तरकृया कार्यक्रममा अध्यक्ष केसीले यस्तो बताउनुभएको हो ।  

‘अंगिकृत नागरिकता लिनेमा अधिकांश भारतबाट नेपाल छिरेकाहरु छन्’, नेपालको कर्मचारीतन्त्र पनि बाह्य शक्तिको प्रभावमा आफ्नो दुनो सोझ्याउनेतर्फ मात्र केन्द्रित भएको उहाँको आरोप थियो ।  

अवैध तरिकाले नागरिकता लिएकाहरुको नागरिकता खारेज गर्नका लागि शक्तिशाली  आयोग बनाउनु पर्ने खाँचो रहेको पनि उहाँले औँल्याउनु भयो । 

‘अहिलेसम्म अवैधानिक तरिकाले नागरिकता पाउनै नहुने मान्छेले नेपाली नागरिकता पाएका छन्’, देशलाई डामाडोल पार्नेहरुको षड्यन्त्रको विरोधमा सबै प्रतिबद्ध हुनुपर्ने आवश्यकता आइपरेको उहाँले बताउनुभयो । ‘देश बचाउनु पर्ने भन्दै उहाँले भन्नुभयो, ‘देश रहे मात्रै हामी रहूँला ।’

 

अन्तिम अपडेट: चैत २७, २०८०

2 Comments

  • Madhab Neupane

    Sept. 25, 2018, 9:09 p.m.

    जानकारीको लागि धन्यवाद !! गरीब निमुखा नेपाली जनताहरु देशमै बिलय भैसके, नेपाल जतासुकै बिलय होस् !!!

  •  0 Reply
  • Kshitiz

    Sept. 24, 2018, 5:49 p.m.

    Real kura ho.

  •  0 Reply

तपाईको प्रतिक्रिया