मोटरसाइकलको ठक्करबाट एक बालकको ज्यान गयो

 असोज ८, २०७५ सोमबार १८:४:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

डोटी – शिखर नगरपालिका–१०, मा मोटरसाइकको ठक्करबाट एक बालकको ज्यान गएको छ ।

शिखर नगरपालिकाका चक्रबहादुर बलायरका ७ वर्षीया छोरा बिपिन बलायरको मोटरसाइकलको ठक्करबाट ज्यान गएको हो । केआईसिंह गाउँपालिका–४, वायलका २६ वर्षीय लक्ष्मणप्रसाद पाण्डेले चलाएको से १ प ३२४४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भिर घाइते भएका बिपिनको उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा बाटोमा ज्यान गएको परिवारले जनाएका छन् ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया