प्रदेश २ मा एकैदिन ५० हजार बिरुवा रोपिने

 असोज ८, २०७५ सोमबार १९:२२:१८ | शैलेन्द्र महतो
unn.prixa.net

प्रतिकात्मक तस्बिर

धनुषा – प्रदेश २ सरकारले आफ्नो नीति तथा कार्यक्रममा समेटेको ‘हरित प्रदेश योजना’ कार्यान्वयनमा ल्याउन लागेको छ ।

सोमबार बसेको मन्त्री परिषदको बैठकले हरित प्रदेश योजनालाई सार्थकता प्रदान गर्न असोज १२ गते एकै दिन प्रदेशभरिमा ५० हजार बिरुवा रोप्ने निर्णय गरेको हो ।  
वृक्षारोपण कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतलगायत सबै मन्त्री र राज्यमन्त्रीहरु उपस्थिति हुने आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिनुभयो ।

स्वच्छ वातावरणका लागि हरित प्रदेश योजनालाई सार्थकता दिन लागिएको हो । वृक्षारोपण कार्यक्रमका लागि सबै जिल्लामा वन डिभिजन कार्यालयहरुले समन्वय गरी रहेको छ । 

हरित प्रदेश योजना जिल्लाका सरकारी वनमा लागू हुने जनाइएको छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया