भारतीय प्रधानमन्त्री मोदीले गरे सिक्किमकै पहिलो विमानस्थलको उद्घाटन

 असोज ८, २०७५ सोमबार २०:४३:३३ | एजेन्सी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सिक्किमको पहिलो विमानस्थलको सोमबार उद्घाटन गरेका छन् । 

सिक्किमको पाक्किम(प्याकोङ)मा रहेको विमानस्थलको उद्घाटन गर्दै प्रधानमन्त्रीले मोदीले अब सिक्किमले पर्यटन र आर्थिक विकासमा अझ प्रगति गर्ने बताए । 

सिक्किम पहाडी राज्य भएकाले यातायातका लागि केवल सडक मार्ग मात्रै विकल्प रहेको थियो । भारतमा तीव्रताका साथ रेल्वे लाइनको विस्तार भैरहको भए पनि भौगोलिक जटिलताका कारण सिक्किम रेल यातायातसँग जोडिन सकेको छैन । सिवोक–रंग्पो रेल्वे लाइन बनाउने अनुमति पाए पनि भारतीय रेल्वेलाई यो काम निकै जटिल हुनेछ ।

पाक्किममा विमानस्थल बनेपछि सिक्किम आउने आन्तरिक तथा बाह्य पर्यटकलाई निकै सहज हुने भएको छ । पहिले सिक्किमबाट १२८ किलोमिटर टाढा रहेबो बागडोगरा विमानस्थल उत्रिएर सडक मार्ग हुँदै सिक्किम जानुपर्थ्यो । सिक्किमको यो पहिलो ग्रीनफिल्ड विमानस्थल चार सय हेक्टरमा बनेको छ र सन् २०१७ मै निर्माण सम्पन्न भएको यो विमानस्थलमा परीक्षण उडानको काम पनि सम्पन्न भएको छ । 

अक्टोबर पहिलो हप्ताबाट यो विमानस्थल व्यावसायिक रुपमा सञ्चालनमा आउने बताइएको छ ।

अब पाक्किमबाट कोलकाताका लागि दैनिक उडान हुनेछ । यो विमानस्थल सिक्किमको राजधानी ग्यांगटोकबाट ३० किलोमिटरको दूरीमा रहेको छ ।

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया