रोनाल्डो र सलाहलाई उछिन्दै फिफा वर्ष खेलाडी बने मोड्रिच

 असोज ९, २०७५ मंगलबार ६:४२:३० | उज्यालो सहकर्मी
unn.prixa.net

रसिया विश्वकपमा क्रोएसियालाई फाइनलमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेका लुका मोड्रिच फिफा वर्ष खेलाडी भएका छन् । 

उनले क्लब फुटबलमा रियल मड्रिडमा पनि उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका छन् । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले मंगलबार बिहान घोषणा गरेको अवार्डमा  मोड्रिचले क्रिष्टियानो रोनाल्डो र मोहमद सलाहलाई उछिन्दै फिफा द वेष्ट अवार्ड जितेका हुन् । 

लण्डनकाे रोयल फेस्टिबल हलमा विशेष समारोहकाबीच फिफाले मोड्रिचलाई वर्ष खेलाडी अवार्ड प्रदान गरेको हो । सन् २००७ यता लियोनल मेसी र रोनाल्डोले यो अवार्ड जित्दै आएकोमा ११ वर्ष पछि नयाँ खेलाडीले यो अवार्ड जितेका हुन् । मेसी  र रोनाल्डोले यो अवार्ड पाँच पाँच पटक जिति सकेका छन् ।

फिफाले राष्ट्रिय टिमका कप्तान र प्रशिक्षक तथा खेल पत्रकारको मतको आधारमा वर्ष खेलाडी चयन गर्छ ।

रुस विश्वकपमा पनि उत्कृष्ट खेलाडी बन्दै मोड्रिचले गोल्डेन बल जितेका थिए । मोड्रिच यसै वर्ष युरोपियन वर्ष खेलाडी पनि घोषित भएका थिए । फिफा वर्ष खेलाडी जितेपछि मोड्रिचले सपना पूरा भएको बताए । मोड्रिचले यो अवार्ड टिमका सबै सदस्यहरुको सहयोगले पाउन सफल भएको समेत बताएका छन् । 

 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया