मार्टालाई छैटौं पटक फिफाको उत्कृष्ट महिला फुटबलरको उपाधि

 असोज ९, २०७५ मंगलबार ६:५७:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

फिफाको उत्कृष्ट महिला फुटबलरको अवार्ड ब्राजिलकी मार्टाले जितेकी छिन् ।

मार्टाले अदा हेजेरबर्ग र डीज्नीफर मारोजसानलाई पछि पार्दै उपाधि जितेकी हुन् । मार्टाले छैटौं पटक यो अवार्ड जितेकी हुन् ।

उनको नेतृत्वमा ब्राजिलले कोपा अमेरिकाको उपाधि जितेको थियो भने ब्राजिलका लागि अहिलेसम्म ३१ गोल पनि गरेकी छन् । यस सिजनमा उनले १३ गोल गर्दै उनको क्लब  ओर्लान्डो प्राइडलाई अमेरिकामा सेमिफाइनल पुराएकी थिइन् ।

३२ वर्षीय मार्टाले अवार्ड ग्रहण गरे पछि आफू उत्साहित र खुशी भएको प्रतिक्रिया दिइन् । 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया