पप्पु कन्सट्रक्सनका अध्यक्ष रौनियारलाई पक्राउ गर्न पुर्जी जारी

 असोज ९, २०७५ मंगलबार १२:१०:१८ | मदन ठाकुर
unn.prixa.net

रौतहट – विभिन्न आयोजनाको ठेक्का लिंदै अलपत्र पार्दै आएको पप्पु कन्सट्रक्सनका अध्यक्ष सुमित रौनियारलाई पक्राउ गर्न प्रहरीले पुर्जी काटेको छ ।

गएको भदौ ९ गते रौतहटको टिकुलीया घाटमा भएको डुंगा दुर्घटनामा दोषी भएको दाबीसहित रौनियार विरुद्ध पक्राउ पुर्जी जारी गरेको रौतहटका प्रहरी उपरिक्षक केदार ढकालले जानकारी दिनुभयो । 

डुंगा दुर्घटनामा ज्यान गुमाएका ५ जनाको परिवारले पप्पु कन्सट्रक्सनका अध्यक्ष रौनियार विरुद्ध किटानी जाहेरी दिएपछि पक्राउ पुर्जी जारी गरिएको उहाँले बताउनुभयो । पप्पु कन्सट्रक्सनले ठेक्का लिए पनि समयमा पुल निर्माण गरिनसक्दा स्थानीयवासीलाई डुंगामै नदी तर्नुपर्ने बाध्यता छ । 


 

अन्तिम अपडेट: चैत १४, २०८०

मदन ठाकुर

रौतहटका पत्रकार मदन ठाकुर उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया