सरकार भष्ट्राचारमा चुर्लुम्म डुब्यो : महासचिव वैद्य

 असोज ९, २०७५ मंगलबार १७:१४:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको आरोप लगाउनु भएको छ ।

महासचिव वैद्यले सरकारले ७ महिनाको अवधिमा सुन तस्करीलाई नियन्त्रण गर्न नसकेको, बालिका बलात्कारपछि हत्या गर्नेलाई कारबाही गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना पनि गर्नुभयो ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले प्रधानमन्त्री केपी ओलीले ‘सुःखी नेपाली, समृद्ध नेपाल’ को सपना बाँडेर मुलुकलाई बर्बाद बनाएको दाबी गर्नुभयो ।

महासचिव वैद्यले श्रमजीवि नागरिकको पक्षमा दृढतापूर्वक उभिन पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनुभयो ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया