दाताको खर्चमा सांसदलाई तालिम, सांसदहरु नै असन्तुष्ट

 जेठ २३, २०७५ बुधबार ७:३३:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – संसद सचिवालयले दाताको खर्चमा तालिम दिन लागेको भन्दै सांसदहरुले असन्तुष्टी जनाएका छन् । संसदीय प्रक्रियाबारे जानकारी गराउन भन्दै सचिवालयले आज र भोलि प्रतिनिधिसभा र राष्ट्रियसभाका सबै सांसदहरुको लागि तालिम आयोजना गरेको छ ।

सरकारी बजेट थन्क्याएर सचिवायलले राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडीपीको लगानीमा तालिम गर्न लागेको भन्दै सांसदहरुले असन्तुष्टी जनाएका हुन् । अपारदर्शी र सरकारको नियन्त्रणबाहिर रहेका संस्थाहरुले आयोजना गर्ने कार्यक्रमको औचित्य नहुने नेकपाका सांसद झपट रावलले बताउनुभयो । उज्यालोसँगको कुराकानीमा उहाँले आफू तालिममा सहभागी नहुने जानकारी गराउनुभयो ।

तर सचिवालयले भने यूएनडीपीसँग यसअघि पनि सहकार्य हुँदै आएको र यसपटक पनि नियमित कार्यक्रम अन्तर्गत नै तालिम आयोजना गरिएको जनाएको छ । सचिवालयका प्रवक्ता भरतराज गौतमले स्टेशनरी खर्च मात्र यूएनडीपीले दिने, तर सबै व्यवस्थापन आफूहरुको भएको बताउनुभयो । 

यसअघि पनि यस्ता कार्यक्रम हुँदै आएकाले यसलाई अर्को अर्थमा नबुझ्न पनि उहाँले आग्रह गर्नुभयो । तर देशको नीति निर्माण गर्ने सर्वोच्च निकायमासमेत एनजीओ/आईएनजीओको प्रभाव बढेको भन्दै आलोचना बढिरहेको छ ।     
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया