जब संयुक्त राष्ट्रको महासभामा ट्रम्पको भाषण सुनेर हाँसाे राेकिएन...

 असोज १०, २०७५ बुधबार ८:४८:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानले मध्य पूर्वमा ‘अराजकता, हत्या र विनाश’ को माहौल बनाएको बताए ।

न्युयोर्कमा भएको संयुक्त राष्ट्रको महासभाको ७३ औं अधिवेशनमा ट्रम्पले इरानसँग परमाणु सम्झौता रद्द गर्ने आफ्नो निर्णयको पनि बचाउ गरे । उनले भने, ‘इरानले छिमेकी देश, सीमा र सम्प्रभुताको सम्मान गर्दैन । इरानका नेताले देशको स्रोत साधनको प्रयोग आफूलाई धनी बनाउन र मध्य पूर्वमा हलचल मच्चाउनका लागि गरिरहेको छ ।’

आफ्नो प्रशासनले अमेरिकाको इतिहासमा धेरै काम गरेको पनि ट्रम्पले बताए । उनको यो कुरा सुनेर दर्शकहरु हाँस्न थाले । सबैको हाँसोपछि ट्रम्प पनि हाँसे । उनले भने, ‘मैले यस्तो प्रतिक्रियाको आशा गरेको थिइनँ ।’

ट्रम्पले फेरि दोहोर्याए ‘अमेरिका अहिलेजति बलियो, धनी र सुरक्षित कहिले पनि थिएन ।’

ट्रम्पले अरु के– के भने ?

– डोनल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनको तिखो आलोचना गरे ।  
– उनले चीनलाई बौद्धिक सम्पदाको चोरीको आरोप लगाए । यही कारण अमेरिका र चीनबीच ‘व्यापार युद्ध’ सुरु भएको पनि बताए ।

– उनले ‘देशभक्ति’ को तारिफ गरे ।

– ट्रम्पले अवैध प्रवासीका कारण नै आपराधीको नेटवर्क बनेको र यसले स्थानीयका लागि समस्या निम्त्याएको बताए ।  

– बीबीसी हिन्दीबाट 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया