लिग कपबाट बाहिरियो म्यानचेस्टर युनाइटेड

 असोज १०, २०७५ बुधबार ९:१०:२ | उज्यालो सहकर्मी
unn.prixa.net

म्यानचेस्टर युनाइटेड इंग्लिस फुटबल प्रतियोगिता लिग कपको तेस्रो चरणबाटै बाहिरिएको छ ।

मंगलबार राति घरेलु मैदान ओल्ड ट्राफोटमा भएको नाटकीय खेलमा युनाइटेड दोस्रो डिभिजनको क्लब डर्बी काउन्टीसँग पेनाल्टी शुट आउटमा ८–७ गोलले पराजित भयो ।

खेलको नियमित र अतिरिक्त समयमा दुवै टोलीले दुई दुई गोलको बराबरी खेलेपछि नतिजा पेनाल्टीबाट लगाइएको हो ।

पेनाल्टीमा पनि पाँच पाँच गोल भएपछि खेल सडन डेथमा पुग्यो । जहाँ अठौं खेलाडीको रुपमा पेनाल्टी प्रहार गर्न आएका फिल जोन्सको प्रहार डर्बीका गोलरक्षक स्कट कार्सनले बचाएपछि चेल्सीका पूर्व स्टार फ्रांक लाम्पार्डको टोलीले शनशनीपूर्ण जित निकाल्न सफल रह्यो ।

त्यसअघि खेलको तेस्रो मिनेटमै जुहान माटाको गोलमार्फत घरेलु टोली युनाइटेडले अग्रता लिएको थियो । पहिलो हाफमा अग्रता लिए पनि ५९औं मिनेटमा डर्बीका ह्यारीइ विल्सनले खेल बराबरीमा ल्याए ।

७ औं मिनेटमा युनाइटेडलाई ठूलो झड्का लाग्यो । उसका गोलरक्षक सर्जियो रोमेरो रातो कार्ड खाँदै मैदान बाहिरिए । १० खेलाडीमा समेटिएको युनाइटेडबिरुद्ध डर्बीका ज्याक मेरियोटले गोल गरी टोलीलाई अग्रता दिलाए ।

तर, खेलमा नियमित समयको अन्तिम मिनेटमा माइकल फेलिनीले गोल गरी खेल बराबरीमा ल्याए ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया