नेपाललाई दक्षिण कोरियाको ५५ कराेड सहयोग

 असोज १०, २०७५ बुधबार १२:२६:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – दक्षिण कोरियाले नेपालको प्राविधिक तथा व्यवसायिक प्रशिक्षकहरुको क्षमता विकासका लागि ५५ कराेड आर्थिक सहायता उपलब्ध गराउने भएको छ ।

बुधबार अर्थसचिव डा. राजन खनाल र नेपालका लागि दक्षिण कोरियाका राजदुत एचई पार्कले नेपालको प्राविधिक तथा व्यवसायिक प्रशिक्षकहरुको क्षमता विकासका लागि यो आर्थिक सहायता उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर गर्नु भएको हो ।

दक्षिण कोरियाको ‘कोइका’ नामक अन्तराष्ट्रिय एजेन्सीमार्फत् नेपाल सरकारलाई उपलब्ध गराउने यो आर्थिक सहायता नेपालको प्राविधिक तथा व्यवसायिक शिक्षाको गुणस्तर वृद्धि गर्ने कार्यक्रममा खर्च हुने अर्थ सचिव खनालले जानकारी दिनु भयो ।

कार्यक्रममा बोल्दै नेपालका लागि दक्षिण कोरियाका राजदुत पार्कले नेपालको सामाजिक–आर्थिक विकासमा आवश्यक सहयोग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । उहाँले व्यवसायिक तथा प्राविधिक शिक्षा विकासमा नेपालले उल्लेख्य प्रगति गर्ने विश्वास पनि व्यक्त गर्नु भयो ।

दक्षिण कोरियाले नेपालको आर्थिक–सामाजिक  क्षेत्रको विकासमा आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ ।

यसअघि ५५ कराेड हुनुपर्नेमा ५ कराेड ५० लाख भएकाेले सच्याइएकाे छ । 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया