असोज १७ गतेदेखि डीभी खुल्ने

 असोज १०, २०७५ बुधबार १४:११:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डीभी)को आवेदन आउदो असोज १७ गते बिहान पौने १० बजेदेखि खुल्ने भएको छ ।

सन् २०२० को लागि आउदो १७ गतेबाट डीभीको आवेदन दिन सकिने काठमाडौंस्थित नेपाली दूतावासले जनाएको छ । डीभी भर्न चाहनेले तोकिएको समयभित्र www.dvlottery.state.gov वेब साइटमा गएर डीभीका लागि आदेवन भर्न सक्नेछन् । निवेदनकले २१ वर्षभन्दा कम उमेरका सबै सन्तानको स्पष्ट विवरण राख्नुपर्ने छ भने एउटा मात्र आवेदन दिनुपर्ने छ ।

यस्तै, अघिल्लो वर्षको डीभी आवेदनमा प्रयोग भएको फोटो यो वर्ष प्रयोग गर्न पाइने छैन साथै चस्मा लगाएको फोटो मान्य हुने छैन । डीभीको आवेदन कार्तिक २० गते बेलुका १०ः४५ बजेसम्म भर्न सकिनेछ ।

डीभी भरेपछि पाउने कन्फर्मेसन नम्बर सुरक्षित राख्नुपर्छ । यही नम्बरका आधारमा डीभी परे नपरेको  थाहा हुन्छ । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

3 Comments

  • Upendra yadav

    Sept. 27, 2018, 7:09 p.m.

    I want to study and visit america

  •  0 Reply
  • Saurav dahal

    Sept. 27, 2018, 7:07 a.m.

    I am going to america

  •  0 Reply
  • Dipendra thakur

    Sept. 26, 2018, 2:22 p.m.

    Waiting

  •  0 Reply

तपाईको प्रतिक्रिया