भारतमा लोकसभा चुनावको पहिलो चरणको मतदान शुरु
बैशाख ७, २०८१ शुक्रबार
काठमाडौं – नेपालस्थित अमेरिकी दूतावासले डाइभर्सिटी भिसा अर्थात डीभी चिट्ठा असोज १७ गतेबाट खुल्ला गर्ने जनाएको छ ।
दूतावासको जानकारी अनुसार डीभी चिट्ठा सन् २०१८ अक्टोबर ३ अर्थात नेपाली समयअनुसार असोज १७ गते ९ः४५ बजेदेखि खुल्ने छ । सन् २०२० का लागि खुल्ला गरिएको डीभी चिट्ठा कात्तिक २० गतेसम्म भर्न सकिने छ ।
डीभी भर्नका लागि www.dvlottery.state.gov मा लग इन गरी डाइभर्सिटी भिसामा गएर अनलाइन फर्म भर्न सकिने छ । यस्तै डीभी भर्दा २१ वर्षभन्दा मुनिका सन्तान भए उनीहरुको पनि सम्पूर्ण विवरण भर्नु पर्ने दूतावासले जानकारी दिएको छ । डीभी फर्म एक पटकभन्दा धेरै समय नभर्न अमेरिकी दूतावासले आग्रह गरेको छ ।
यस्तै डीभी फर्म भर्दा अघिल्लो पटक प्रयोग भएका फोटाहरु राखेर डीभी भरेमा वा चस्मा लगाएको फोटो राखेर डीभी भरेमा त्यस्ता उम्मेदवार अयोग्य हुने पनि दूतावासले जानकारी दिएको छ । डीभी भर्दा फोटो फारममा भनेअनुसारकै फोटो राख्नुपर्ने दूतावासले जनाएको छ ।
डीभी भरिसकेपछि आफ्नो कन्फर्मेसन नम्बर सुरक्षित राख्नु पर्ने हुन्छ । पछि डीभी पर्यो कि परेन् भनेर चेक गर्न कन्फर्मेसन नम्बर अनिवार्य चाहिन्छ । तपाईंलाई डीभी पर्याे यो भन्दैमा अमेरिका पुगिहालिन्छ भनेर ढुक्क पनि नहुनु होला ।
तपाईँसँग भएका योग्यता तथा अमेरिकी आप्रवासी कानुन बमोजिको योग्य छ कि छैन यो सबै चेक गरेपछि मात्र अमेरिका पठाउने निर्णय दूतावासले गर्छ । आवेदन दर्ता गर्दा आवेदकहरूले आफ्नो इमेल ठेगाना समेत दिनुपर्ने हुन्छ ।
saujanaya singh
Sept. 27, 2018, 12:29 p.m.open from 9:45 am or p.m ??
Tika Prasad Bhusal
Sept. 27, 2018, 1:23 a.m.If i select I work honest, helpfully and hard working
Bhesharaj Banstola
Sept. 26, 2018, 10:56 p.m.USA is not our country so its not good to fillup the form. We have to do some thing to our country.
Manoj Kumar chaudhary
Sept. 26, 2018, 10:14 p.m.Thanks
Manoj Kumar chaudhary
Sept. 26, 2018, 9:56 p.m.Thanks. Try do i am also
Guljar shekh
Sept. 26, 2018, 8:51 p.m.Business
Sunita aale rana magar
Sept. 26, 2018, 5:55 p.m.I would like to fill up the form
Som bahadur sen
Sept. 26, 2018, 4:50 p.m.I need to go usa
Rohit karki
Sept. 26, 2018, 2:36 p.m.no