पञ्चायतकालीन ऐन तत्काल संशोधन गर्न सरकारलाई प्रचण्डकाे आग्रह

 असोज १०, २०७५ बुधबार १४:४९:० | उज्यालो सहकर्मी

काठमाडाैं - सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पञ्चायतकालीन ऐन तत्काल संशोधन गर्न सरकारलाई आग्रह गर्नुभएको छ । 

अध्यक्ष दाहालले ऐन, कानुनको उचित व्यवस्थापन नभएकै कारण देशमा अन्तरविरोधि गतिविधि भइरहेकोतर्फ पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भयो ।

बुधबार नेपाल पर्यटक यातायात व्यवसायी संघको १५ औं वार्षिक साधारणसभालाई काठमाडौंमा उद्घाटन गर्दै उहाँले पूरानै ऐन, कानुनका कारण मुलुकमा अन्तरविरोध बढ्दै गईरहेको पनि स्मरण गराउनु भयो ।

अध्यक्ष दाहालले राज्यले व्यवसायीहरुलाई प्रोत्साहन गर्ने नीति लिनुपर्ने आवश्यकता पनि औंल्याउनु भयो । उहाँले नाफाको सुनिश्चितताकाे लागि राज्यले व्यवस्था गर्न सकेमात्रै मुलुकको समृद्धिको यात्रामा व्यवसायीहरुले सक्दो पहल गर्नसक्ने पनि स्पष्ट पार्नुभयो ।

अध्यक्ष दाहालले सरकारले व्यवसायीहरुलाई कर असुल्ने माध्यमको रुपमा मात्रै लिन नहुने पनि बताउनु भयो । उहाँले मुलुकलाई समृद्ध बनाउने आधारको रुपमा रहेको पर्यटन क्षेत्रको विकासमा आफूले सक्दो सहयोग गर्ने आश्वासन पनि दिनुभयो ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया