अभिनेत्री करीना अब रेडियो कार्यक्रम सञ्चालिका: पहिलो पाहुना सनी लियोनी

 असोज १०, २०७५ बुधबार १५:६:२० | उज्यालो सहकर्मी
unn.prixa.net

अभिनेत्री करीना कपूर खान फिल्ममा मात्रै नभई अब रेडियोको माध्यमबाट आफ्ना फ्यानहरु माझ आउने तयारीमा छिन् । 

करीनाले उनको रेडियो कार्यक्रमको रेकर्डिङ पनि सुरु गरिसकेकी छिन् । यसैबीच करीनाको यस कार्यक्रममा पहिलो पाहुनाको रुपमा अभिनेत्री सनि लियोनी आउने खबर यतिबेला चर्चामा रहेको छ । करीना र सनीले यस कार्यक्रममा फिल्म, विवाह र बालबच्चाको विषयमा कुराकानी गर्नेछन् । 

करीना कपूर खान र सनी लियोनी अहिल बलिउडका ‘हट मम’ को रुपमा परिचित छन् । करीनाका छोरा तैमुर अली खान पापाराजीहरुबीच निकै चर्चित छन् । तैमुर घरमा हुँदा होस् वा घर बाहिर जहीँ तहीँ क्यामेराले उनलाई पछ्याईरहेका हुन्छन् ।  

सनी लियोनी भने एडप्शन र सरोगेसीका माध्यमबाट आमा बनेकी हुन । उनी आफ्ना २ सन्तानहरुका बारेमा निकै होसियार छिन् । साथै उनी आफ्ना बच्चालाई मिडियाभन्दा टाढा नै राख्न चाहन्छिन् । 

खबरहरुका अनुसार करीना कपूर खानको रेडियो कार्यक्रम यही डिसेम्बरबाट सुरु हुनेछ । यस कार्यक्रममा करीना उनका स्रोताहरुको समस्या सुनेर उनीहरुसँग आफ्नो अनुभव साटासाट गर्नेछिन् । स्रोताहरुले फोन मार्फत करीनासँग कुराकानी गर्न पाउनेछन् । उनको यो शो भारतको इश्क १०४.८ एफएमबाट प्रसारण हुनेछ । 

 
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया