समाचार प्रति दूतावासको खण्डन : हामी मानव तस्करीमा संलग्न छैनौं

 असोज १०, २०७५ बुधबार १६:२२:१३ | उज्यालो सहकर्मी

युएई – मानव तस्करीमा नेपाली दूतावाससमेत संलग्न भएको भन्ने समाचार प्रति नेपाली दूतावास आबुधाबीले खण्डन गरेको छ । सञ्चारमाध्यममा प्रकाशित प्रसारित समाचार आपत्तिजनक रहेको भन्दै दूतावासले समाचारको खण्डन गरेको हो । 

‘..यस दूतावासमा यसको आधिकारिकता र प्रक्रिया नबुझि उल्लेखित समाचार प्रकाशित भइ जनमानसमा भ्रम उत्पन्न भएको हुँदा समाचारको विषयवस्तुको सत्यतथ्य तथा संवेदनशिलता नबुझी प्रकाशित यसखाले समाचारबाट कोही पनि भ्रममा नपर्न सम्बन्धित सबै पक्षलाई दूतावास हार्दिक आग्रह गर्दछ,’ दूतावासले जारी गरेकाे  विज्ञप्तिमा उल्लेख छ । 

दूतावासले जारी गरेको विज्ञप्ति 


 

अन्तिम अपडेट: फागुन ३०, २०८०

1 Comments

  • Buddhi Prasad Bastakoti

    Sept. 26, 2018, 4:42 p.m.

    येहा को राजदुतावास का कर्मचारी को कोइ काम छैन।नेपाली हरु लाई यसैपनि येहा समस्या परेको बेला कोइ सहयोग गरिदैन मैले email गरे फोन गर्न खोजे तर कोइ जबाफ आउदैन। उचित कार्बाही हुनु पर्यो।

  •  0 Reply

तपाईको प्रतिक्रिया