नेपालगञ्जमा पेट्रोलको भण्डारण बढाउने तयारी

 असोज १०, २०७५ बुधबार १७:३:२८ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – नेपाल आयल निगमले  पेट्रोलियम पदार्थको अभाव हुन नदिन  नेपालगञ्जमा पेट्रोल भण्डारणको क्षमता बढाउने प्रक्रिया सुरु गरेको छ । 

निगमको नेपालगञ्जस्थित इन्धन डिपो कार्यालयका प्रमुख अभिशेषकुमार ठाकुरले पेट्रोलको भण्डारण क्षमता बढाउनका लागि औपचारिक प्रक्रिया सुरु भएको जानकारी दिनुभयो । 

नेपालगञ्जमा हाल, डिजेलको २१ लाख लिटर, मट्टितेलको सात लाख ६० हजार लिटर र पेट्रोलको दुई लाख १० हजार लिटरको भण्डारण क्षमताको ट्याङ्की रहेका छन् । 

मट्टितेलको खपत न्यून भएका कारण त्यसको भण्डारण ट्याङ्कीलाई पेट्रोल ट्याङ्कीमा स्थानान्तरणका लागि प्रक्रिया सुरु भएको हो । नेपाल आयल निगमले त्यसका लागि ग्लोबल टेण्डर समेत गरिसकेको छ ।

मट्टितेलको ट्याङ्कीलाई पेट्रोलमा स्थानान्तरण भएपछि मट्टितेलका लागि अर्को सानो ट्याङ्की जडान गर्ने योजना आयल निगमको रहेको छ । 

हालको पेट्रोलको भण्डारण क्षमता अनुसार अढाई देखि ३ दिनसम्म यस क्षेत्रका लागि पुग्ने इन्धन स्टक रहने गरेकोमा अब मट्टितेललाई पेट्रोलमा स्थानान्तरण गरिएपछि ७ देखि ८ दिनसम्म पुग्ने इन्धन भण्डारण हुने आयल निगमले जनाएको छ । 
 

अन्तिम अपडेट: फागुन २८, २०८०

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया