रोहित चन्दले खेल्ने इन्डोनेशियाको लिग २ साताका लागि निलम्बनमा

 असोज १०, २०७५ बुधबार १७:४४:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

नेपाली फुटबलर रोहित चन्दले खेल्ने इन्डोनेशियाको लिग २ साताका लागि निलम्बनमा परेको छ ।

दुई टिमका समर्थकबीच भएको झडपमा १ जनाको मृत्यु भएपछि त्यहाँको खेलकुद मन्त्रालयले फुटबल लिग २ साताका लागि निलम्बन गरेको घोषणा गरेको हो । रोहितले खेल्ने पर्सिजा जाकार्ता र पार्सिब बान्डुङका समर्थकका बीचमा झडप हुँदा २३ वर्षीय हारिंगा सारिल्लाको आइतबार मृत्यु भएको हो ।

घटनापछि इन्डोनेसियाका खेलकुद मन्त्री इमाम नार्वीले लिग दुर्इ साताका लागि निलम्बन भएको निर्णय गरेका हुन् । तर समस्या समाधान भएमा निलम्बन हट्नसक्ने पनि बताइएको छ ।

लिगका कारण रोहित बंगबन्धुका लागि घोषणा गरेको राष्ट्रिय टिममा परेका छैनन् । तर २ साताका लागि लिग स्थगित भएकाले उनी खेल्न आउने सम्भावना भने रहेको जनाइएको छ ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया