प्रिमियर लिगमा आज राति आर्सनल र चेल्सी खेल्दै
बैशाख ११, २०८१ मंगलबार
खोटाङ – अलैंची सुकाउनका लागि बालेको आगोले खोटाङमा घर जलेको छ ।
अलैंची सुकाउने क्रममा अलैंची भट्टीबाट सल्किएको आगोले खोटेहाङ गाउँपालिका–६, इन्द्रेणीपोखरी हिलेखर्कका रत्नबहादुर खत्रीको घर जलेको हो । कटेरामा रहेको अलैंची भट्टीबाट सुरु भएको आगोले खत्रीको कटेरा र घर जलेको वडाध्यक्ष देबिन्द्र राईले बताए ।
मानवीय क्षती नभए पनि खत्री परिवारको ४ लाख बराबरको धनमालमा क्षति भएको छ । आगलागीमा नगद २५ हजार, अन्नपात, लत्ताकपडा लगायतका सामान जलेको खत्री परिवारको भनाई छ । आगलागीमा घर जलेपछि खत्रीका ५ जनाको परिवार छानो जलेको ठुटो घरमा पाल टाँगेर बसिरहेका छन् ।