भाडा बढाउन मसँग छलफल भएन, व्यवसायीले प्रधामन्त्रीसँग डिल गरे : मन्त्री यादव

 असोज १०, २०७५ बुधबार १८:१:५१ | उज्यालो सहकर्मी

काठमाडौं – सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको तर गाडीको भाडा नबढाएको भन्दै व्यवसायीले दसैंको लागि टिकट नै खुलाएनन् । सरकार गल्न बाध्य भएर असोज ६ गते शनिबार १० प्रतिशत भाडा बढायो । 

सरकारले व्यवसायीसँग झुकेर भाडा बढाएको भन्दै आलोचना पनि भयो । बुधबारको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सांसदहरुले भाडा बढेको बारेमा पनि सरकारको आलोचना गरे । तर उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले भने गाडीको भाडा  बढाउन भएको छलफलमा आफूलाई सहभागी नगराइएको र व्यवसायीहरुले सिधै प्रधानमन्त्रीसँग डिल गरेर भाडा बढाएको जानकारी दिनुभएको छ । 

‘बसको भाडा हामीले बढाएका होइनौँ, प्रधानमन्त्रीजीसँग बसेर व्यवसायीले डिल गरेका हुन्,  हामी त्यसमा सहभागी पनि थिएनौँ, सायद सबैतिर सल्लाह गरेर त्यो बढाएको होला नि’, मन्त्री यादवले भन्नुभयो, ‘अब हामी सहभागी भए पनि नभए पनि हामी पनि सरकारमा भएको हुनाले भाडा बढेकोमा हामीले पनि सहमति दिनुपर्ने हुन्छ ।’

अन्तिम अपडेट: बैशाख ११, २०८१

2 Comments

  • Keshav Raj Paudel

    Sept. 27, 2018, 2:09 p.m.

    यस्ता हुतिहारा किन मन्त्री भएर बस्ने ? श्री ३ महाराजको दाश जस्ता मन्त्री जनतालार्इ करको बोझमात्र ....

  •  0 Reply
  • Bishnu Kumar Shrestha

    Sept. 26, 2018, 8:32 p.m.

    अव को दिनमा सरकार ले जति जति पेट्रोलियम पदार्थ को दाम बढाउछ ब्यवसायी हरु ले सरकार लाई नसोधि प्रसेन्टेज को आधारमा मुलुक भरि यातायात को भाडा बढने छ।

  •  0 Reply

तपाईको प्रतिक्रिया