सहकारीकाे ९ लाख रुपैयाँ लुटेर फरार ३ जना पक्राउ

 असोज १०, २०७५ बुधबार १८:१०:३७ | उज्यालो सहकर्मी

कास्की – पोखरामा केही दिनअघि सहकारी लुटेर फरार रहेका ३ जना लुटेरा बुधबार पक्राउ परेका छन् । 

गएको भदौ ३१ गते पोखरा सिर्जनाचोकमा रहेको जनएकता सहकारीको ९ लाख १४ हजार रुपैयाँ चोर्नेहरु बुधबार पक्राउ परेका हुन् । 

पक्राउ पर्नेमा पोखरा–१५ रामबजार बस्ने २० वर्षीया अन्जली गुरुङ, पोखरा–७ एयरपोर्ट बस्ने २२ वर्षीया विनिता गुरुङ र पोखरा–६ गौरीघाट बस्ने १८ वर्षीय कमल ठगुन्ना रहेका छन् । 

सहकारी भवनको तल्लो तलाको सटर फोरेर काउण्टरमा राखेको रकम चोरेर उनीहरु फरार थिए । प्रहरीले निरन्तर अनुसन्धान र खोजी गरेपछि बुधबार बिहान बुलौंदीबाट उनीहरुलाई पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ । 

प्रहरीले उनीहरुको साथबाट नगद ५ लाख ३८ हजार ८० रुपैयाँसमेत बरामद गरेको छ । पक्राउ परेका तीनै जनालाई म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।
 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया