एक महिना पुग्दा पनि सार्वजनिक भएनन् आठ महिने बालिकाका हत्यारा

 असोज १०, २०७५ बुधबार २०:३८:२ | धनवीर महतो
unn.prixa.net

महोत्तरी – महोत्तरीको औरहीकी ८ महिने बालिका सोनाली चौधरीको हत्या भएको एक महिना पूरा भएको छ ।

चौधरीको हत्या भएको एक महिना पूरा भए पनि प्रहरीले हत्यारा पत्ता लगाउन सकेको छैन । बालिकाको हत्या भएको एक महिना पूरा हुँदा पनि प्रहरीले हत्यारा सार्वजनिक गर्न नसकेको भन्दै स्थानीय युवाहरुले सडकमै दीप प्रज्वलन गरी मृतक बालिकाप्रति समवेदना प्रकट गरेका छन् ।

बुधबार साँझ युवाहरुले आयोजना गरेको श्रद्धाञ्जलीसभामा स्थानीय बुद्धिजीवी तथा राजनीतिककर्मीहरुको सहभागीता रहेको थियो । श्रद्धाञ्जलीसभामा नगरप्रमुख सुनिल यादवले स्वयम् घटनामा संगल्नलाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ईश्वर कार्की एवम प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालसमक्ष माग गरेको जानकारी दिनुभयो ।

गएको भदौ १० गते रक्षाबन्धनका दिन आफ्नै पसलमा खेलिरहेको समयमा अपहरणमा परेकी ८ महिने बालिका सोनालीको शव भोलिपल्ट फेला परेको थियो । तर हत्या भएको एक महिना पूरा भएपनि बालिका सोनालीको हत्यारालाई प्रहरीले अहिलेसम्म सार्वजनिक गर्न सकेको छैन् । 

अन्तिम अपडेट: बैशाख १०, २०८१

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया