रिलिजकाे संघारमा बाहिरियाे छक्का पञ्जा ३ टिमकाे झगडा (भिडियाे)

 असोज ११, २०७५ बिहिबार १३:५०:२४ | उज्यालो सहकर्मी

चलचित्र छक्का पञ्जा तिन रिलिज डेट नजिकिदै गर्दा चलचित्र निर्माण टिमबीच भएको झगडाको भिडियो बाहिरिएको छ । भिडियोमा चलचित्रका मुख्य ३ कलाकार दीपकराज गिरी, जितु नेपाल र केदार घिमिरे एक अर्कासँग असन्तुष्ट देखिएका छन् ।

चलचित्र छक्का पञ्जा ३ को जिम्मेवारीका विषयमा एक अर्कामा दोषारोपण गरिरहेको भिडियोमा प्रष्ट देखिएको छ ।  जितु र केदारले अफूहरुलाई बेवास्ता गरेर जे काम गर्दा नि एकलौटी व्यवहार गरेको आरोप दीपकराज गिरीलाई लगाएका छन् ।

यता दीपकले भने भन्नै पर्ने कुरा भनेको  तर सबै कुरा भन्न आवस्यक नरहेको बताएका छन् । चलचित्र रिलिजको अन्तिम समयमा आएर यस्तो भिडियो बाहिरिँदा सबै चकित भएका छन् । तर भिडियोको यथार्थ कुरा बुझ्नको निम्ति भने भिडियो अन्तिम सम्म हेर्नु पर्ने हुन्छ । चलचित्रलाई फरक शैलीले प्रचार गर्नका निम्ति दीपक-दीपा जितु र केदारले  उक्त प्र्या‌ंक भिडियोको निर्माण गरेका हुन् ।

– उज्यालाे र गफगाफ डटकमकाे सहकार्य 

अन्तिम अपडेट: चैत ३०, २०८०

1 Comments

  • भण्डारी जि

    Sept. 27, 2018, 8:47 p.m.

    चर्चामा आउनको लागि रचिएको जाल मात्र हो बकम्फुसे हरुको झगडा सगडा केही हैन

  •  0 Reply

तपाईको प्रतिक्रिया