प्रदेश ७ को राजधानी र नामको विरोधमा डोटीका घर–घरमा कालो झण्डा

 असोज ११, २०७५ बिहिबार १३:५५:१ | विमल बिष्ट
unn.prixa.net

डोटी – प्रदेश नम्बर ७ को राजधानी र नामाकरणका लागि गठित सुझाव समितिले प्रदेशका जनताको भावनाविपरीत प्रदेशसभामा प्रतिवेदन पेस गरेको भन्दै डोटीमा पनि आन्दोलन सुरु भएको छ । 

डोटीका स्थानीयबासीले विरो स्वरुप घर–घरमा कालो झण्डा झुण्ड्याएका छन् । त्यस्तै बिहीबार र्‍यालीसहित जिल्ला प्रशासनमा कोण सभा गर्ने, पिपल्ला बजारमा विरोध प्रदर्शन सहित कोणसभा गर्ने र असोज १२ गतेदेखि अनिश्चितकालीन डोटी बन्द गर्ने निर्णय भएको आन्दोलनका अगुवा तथा डोटी उद्योग वाणिज्य संघका महासचिव दीपकबहादुर खड्काले बताउनुभयो  

‘डोटेलीलाई केन्द्रले पहिलेदेखि नै ठगेको थियो, अहिले आफनै प्रदेश सरकारले पनि ठगी गर्‍यो’, उहाँले भन्नुभयो, ‘दिपायलमा राजधानी नतोकिए हामी सशक्त आनन्दोलनमा होमिने छौँ ।’ डोटीमा आन्दोलनका कार्यक्रम घोषणा भएपछि शनिबार शिक्षक सेवा आयोगको परीक्षा दिन आउनेहरुलाई समस्या हुने भएको छ । 
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया