एलिजाको चाहाना दीपकराजको सिनेमा खेल्ने

 असोज ११, २०७५ बिहिबार १४:२०:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

अभिनेत्री एलिजा गौतमको निर्माण तथा अभिनय रहेको सिनेमा अनुराग यो शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ । ऋषिराज धमलाको ब्यानरमा निर्माण भएको यहि सिनेमामार्फत उनले डेब्यू गर्दैछिन् । 

एलिजा पहिलो सिनेमाको प्रदर्शन मिति नजिकिँदै गर्दा निकै नै नर्भस भएकी छिन् । उनलाई यो सिनेमा के होला ? कसो होला ? भन्ने डर छ । 

अहिले अनुराग सफल बनाउन प्रचारमा कुनै पनि कसर बाँकि राखिएको छैन । बुधबार मात्रै सिनेमाको   माईकिङ गरेर  काठमाडौं उपत्यकामा प्रचार गरिएको छ ।

तर यो सिनेमाको कारोबार जे जस्तो भए पनि उनी सिनेमा क्षेत्रमा निरन्तर अघि बढ्ने सोचमा छिन् ।  यो  सिनेमा असफल भए पनि आफूले फेरि अर्को सिनेमा निर्माण गरेर  राम्रो गर्ने र दर्शकको मन जित्न प्रयास गर्ने उनी बताउँछिन् ।  

उता ऋषि धमला पनि उनको काममा साथ दिएर अघि बढेका छन् । उनले पनि यो सिनेमा असफल भएपनि एलिजाको लागि फेरि अर्को सिनेमा निर्माण गर्ने बताए । 

फर सी नेटवर्ककको एक कार्यक्रममा बोल्दै उनले यो सिनेमा असफल भए पनि आफूले अर्को सिनेमा निर्माण गर्ने बताएका छन् । 

उनले एलिजाको लागि फेरि अर्को सिनेमा बनाउने कुरा गर्दा एलिजाले ऋषिराजको ब्यानर भन्दा बाहिर रहेर काम गर्छिन् कि गर्दिनन् भन्ने प्रश्न गरियो । यस प्रश्नको जवाफमा उनले एलिजाले दीपक राज गिरीको ब्यानरमा काम गर्ने बताएकी छिन् । 

उनले साच्चिकै एलिजाले दीपकराजको सिनेमा खेल्ने योजना भएर बताएका हुन् या यत्तिकै कुराकानीलाई रोचक बनाउन बताएका हुन् त्यो भने समयले नै बताउनेछ । 

तर शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको सिनेमा अनुरागलाई भने हाम्रो शुभकामना छ ।

– उज्यालाे र गफगाफ डटकमकाे सहकार्य 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया