पीपीएलमा सहभागी टिम र मार्की खेलाडीको घोषणा

 असोज ११, २०७५ बिहिबार १५:९:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – आउँदो कात्तिकमा दोस्रो हप्तादेखि पोखरामा हुने पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगितामा सहभागी टिम र मार्की खेलाडीको घोषणा गरिएको छ । 

आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले ६ टिम र मार्की खेलाडीको घोषणा गरेको हो । 

पोखरा प्रिमियर लिगमा  विराटनगर टाइटन्स, चितवन राइनोज, पोखरा पल्टन, बुटवल ब्लास्टर, काठमाडौं रोयल्स र धनगढी ब्लूजले खेल्नेछन् । 
विराटनगर टाइटन्सको टिम मालिक  पारस लुनिया र मार्की खेलाडी सन्दीप लामिछाने रहेका छन् । 

यस्तै चितवन राइनोजका टिम मालिक रेशम बोहरा र मार्की खेलाडी पारस खड्का, पोखरा पल्टनका टिम मालिक बिनायक पोखरेल र मार्की खेलाडी शरद भेषवाकर रहेका छन् । 

यस्तै  बुटवल ब्लास्टरका टिम मालिक नरेश गौतम र मार्की खेलाडी सोमपाल कामी, काठमाडौं रोयल्सका टिम मालिक राज्यलक्ष्मी गोल्छा र मार्की खेलाडी ज्ञानेन्द्र मल्ल  अनि धनगढी ब्लुजका टिम मालिक तोयानाथ अर्याल र मार्की खेलाडी दिपेन्द्र सिह ऐरी रहेका छन् । 

आयोजकले पीपीएल अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशीको हुने जानकारी दिए पनि रकम भने खुलाइएको छैन ।
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया