काठमाण्डौ महानगरका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन
बैशाख १२, २०८१ बुधबार
काठमाडाैं - अखिल नेपाल फुटबल संघ एन्फाले मोफसलको प्रतियोगिताको वर्गीकरणलाई अन्तिम चरणमा पुर्याएको छ ।
दशैंतिहारलगत्तै काठमाडौं बाहिरका जिल्लाहरुमा सुरु हुने सहिद स्मारक ए डिभिजन लिगकाे नकआउट प्रतियोगितालाई व्यवस्थित गर्न एन्फाले प्राविधिक निर्देशक कृष्ण थापालाई जिम्मेवारी दिएको छ । प्राविधिक निर्देशक थापाले केही समयमा नै यसलाई अन्तिम चरणमा पुर्याउने र त्यसपछि मात्र मोफसलका प्रतियोगिताहरुलाई क्यालेन्डरमा समावेश गरिने एन्फा महासचिव इन्द्रमान तुलाधरले बताउनुभयाे ।
सहिद स्मारक ए डिभिजन लिग आउँदाे पुससम्म सञ्चालन हुनेछ । त्यसबीचमा विभिन्न जिल्लाहरुमा नकआउट प्रतियोगिता हुनेछन् । ती प्रतियोगिताहरुलाई वर्गीकरण गरेर महत्वको आधारमा क्लबहरुलाई सहभागिता गराउने एन्फाले जनाएको छ ।