कतारका राजा काठमाण्डाैमा, विमानस्थलमा भव्य स्वागत
बैशाख ११, २०८१ मंगलबार
काठमाडौं – आउँदो शनिबारदेखि सुरु हुने पल्सर ए डिभिजन लिग फुटबलको तयारी पूरा भएको छ ।
नेपाली टिम बंगबन्धु गोल्डकप खेल्न बंगलादेश जाने भएकाले उद्घाटन र दोस्रो दिनको खेल पछि ए डिभिजन लिग केही समयलाई स्थगित हुने पनि बिहीबार अखिल नेपाल फुटबल संघ एन्फामा आयोजित पत्रकार सम्मेनलमा जानकारी गराइएको छ । ए डिभिजन लिगमा १४ टिमले सहभागिता जनाउँदैछन् ।
उनीहरुले खेलाडीको सूची पनि एन्फाको ए डिभिजन लिग कमिटीमा बुझाइसकेका छन् । लिग एन्फाको सातदोबाटो र हलचोक मैदानमा आयोजना हुन लागेका खेलहरुमध्ये पहिलो र दोस्रो दिनका खेल सातदोबाटोमा आयोजना हुने छ । उद्घाटन खेलमा त्रिभुवन आर्मी र एनआरटी भिड्नेछन् ।
स्थगनपछि खुल्ने लिगका खेलहरु दुवै ठाउँमा आयोजना हुने जनाइएको छ ।
ए डिभिजन लिगको उद्घाटनका लागि फिफाका प्रतिनिधि तथा साउथ एसियाका फिफा रिजनल डेभलपमेन्ट अफिसर प्रिन्स रफर आउने छन् । उपाधि विजेताले ५० लाख तथा उप–विजेताले ३५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।