दसैँको मुखमा भाडा बढाएको भन्दै अनेरास्ववियू (क्रान्तिकारी) उत्रियो सरकारको विरोधमा

 असोज ११, २०७५ बिहिबार १८:४१:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा आवद्ध विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)ले सार्वजनिक यातायातमा गरिएको दश प्रतिशत भाडावृद्धि तत्काल फिर्ता लिन माग गर्दै बिहीबार यातायात व्यवस्था विभागको कार्यालयमा धर्ना दिएको छ । 

अनेरास्ववियू (क्रान्तिकारी) ले मिनभवनस्थित विभागको कार्यालयमा बिहीबार दिउँसो एक घण्टा प्रर्दशनसहितको धर्ना दिँदै यातायातमा गरिएको १० प्रतिशत भाडावृद्धि तत्काल फिर्ता लिन सरकारलाई दबाब दिएको हो ।

यातायातमा भाडावृद्धि गर्ने सरकारको पछिल्लो निर्णय खारेज गर्न माग गर्दै विभागको कार्यालयमा एक घण्टे धर्नासहित विरोध प्रर्दशन गरिएको संगठनका सचिव पवन कार्कीले जानकारी दिनुभयो । त्यस अवसरमा अनेरास्ववियू (क्रान्तिकारी)ले यातायातमा गरिएको भाडावृद्धि फिर्ता नलिए कडा आन्दोलनमा जान बाध्य हुने चेतावनीसहितको ज्ञापन पत्र पनि विभागका महानिर्देशक लावन्यकुमार ढकाललाई बुझाएको छ ।

दसैंको मुखैमा यातायातमा १० प्रतिशत भाडा वृद्धि गरेकोमा सरकारको चर्को आलोचना हुँदै आएको छ । अनेरास्ववियू (क्रान्तिकारी) ले पनि मूल्यवृद्धि गर्ने सरकारको त्यो निर्णय फिर्ता नभए आफूहरु कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिएको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

1 Comments

  • Sushil bhusal

    Sept. 27, 2018, 8:26 p.m.

    सरकारले गरेको यस्ता काम पर्ति खुलेर बिराेध गर्नु हाम्रो कर्तव्य हाे।

  •  0 Reply

तपाईको प्रतिक्रिया