राष्ट्र बैंकले भन्यो : सर्टिफिकेट धितो राख्नेसहित ७ वटै शीर्षकमा सहुलियत ब्याजमा ऋण दिनू

 असोज ११, २०७५ बिहिबार १८:५७:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाल राष्ट्र बैंकले सहुलियत कर्जाका लागि ब्याज अनुदान कार्यविधिमा उल्लेख भएका सबै कर्जा दिन बंैक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । 

राष्ट्र बैंकले बिहीबार सूचनामार्फत ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई  सहुलियतपूर्ण कर्जाको लागि ब्याज अनुदान कार्यविधि २०७५ अनुसार सहुलियतको ऋण दिन निर्देशन दिएको हो । राष्ट्र बैंकले २०७४ सालको व्यावसायिक कृषि तथा पशुपालन र भूकम्प पीडितको घर निर्माणका लागि सामूहिक जमानीको निब्र्याजी ऋणसम्बन्धी कार्यविधि खारेज गरेर नयाँ कार्यविधि अनुसार ऋण दिन पनि निर्देशन दिएको छ । 

अर्थ मन्त्रालयले शैक्षिक प्रमाणपत्र धितो राखेर सुहलियत ऋण पाउने, विदेशबाट फर्केकाहरुले ऋण पाउने, महिला उद्यमको लागि ऋण, शैक्षिक कर्जा, दलित कर्जा, व्यावसायिक कृषि तथा पशुपालन र भूकम्प पीडितलाई सहुलियतमा ऋण दिन कार्यविधि बनाएको थियो । 

सहुलियतमा ऋण पाउनेले बैंकहरुले तोकेको आधारदरको बढीमा २ प्रतिशत ब्याजमा ऋण पाउनेछन । यस्तो कर्जाको ब्याजदर बढीमा ७ प्रतिशतसम्म मात्रै हुनेछ । 

अन्तिम अपडेट: चैत १२, २०८०

2 Comments

  • Krishna pokhrel

    Sept. 29, 2018, 1:31 a.m.

    L teso vay swades pharki kehi garnu plan garnu paryo.

  •  0 Reply
  • Dininesh khadka

    Sept. 27, 2018, 7:54 p.m.

    कहिलेदेखि लागु हुने हो ?

  •  0 Reply

तपाईको प्रतिक्रिया