‘ठग्स अफ हिन्दोस्तान’मा ठगकाे भूमिकामा अामिर खान कि अमिताभ बच्चन ?

 असोज ११, २०७५ बिहिबार १९:३३:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

अभिनेता अमिताभ बच्चन र आमिर खानको फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ को ट्रेलर सार्वजनिक भएको छ । 

यो फिल्म यस वर्षको बहुप्रतीक्षित फिल्महरुमध्येको एक हो । यस फिल्ममा अभिनेता अमिताभ बच्चन ठगहरुको सरदार खुदाबक्शको भूमिकामा देखिनेछन् । फिल्ममा उनको नाम आजाद रहेको छ जसले आफ्नो देश भारतलाई स्वतन्त्र बनाउनका लागि दुश्मनहरुसँग लड्नेछन् । 

अभिनेता आमिर खान भने एउटा ठगको भूमिकामा देखिएका छन् । ट्रेलर हेर्दा आमिर अमिताभविरुद्ध लडिरहेका देखिएका छन् । 

 

यस फिल्ममा आमिर खान र अमिताभबाहेक अभिनेत्री कट्रिना कैफ तथा फातिमा सना शेखको पनि प्रमुख भूमिका रहेको छ । 
यो फिल्म दिपावलीको अवसरमा रिलिज हुनेछ । 

फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ यशराज फिल्मसको ब्यानरमा बनेको सबैभन्दा महंगो फिल्म हो । यस फिल्मको शुटिङ्गका लागि माल्टामा निकै भब्य सेट लगाइएको थियो । 

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया