श्रीदेवीको सारीमा सुन्दर जान्हवी कपूर

 बैशाख २२, २०७५ शनिबार ९:३८:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

वैशाख २२ – बोनी कपूर आफ्ना दुई छोरीहरुका साथ दिल्लीमा आयोजित राष्ट्रिय पुरस्कार समारोहमा उपस्थित भएका थिए ।

तीनै जना ६५औं राष्ट्रिय पुरस्कार समारोहमा स्वर्गीय श्रीदेवीलाई प्रदान गरिन लागिएको उत्कृष्ट अभिनेत्रीको पुरस्कार लिनका लागि उपस्थित भएका थिए ।

स्वर्गीय अभिनेत्री श्रीदेवीलाई रवी उद्यावरको निर्देशन रहेको फिल्म ‘मम’ का लागि उत्कृष्ट अभिनेत्रीको पुरस्कारद्वारा सम्मान गरिएको हो । संसारबाट बिदा भएकी श्रीदेवीको पुरस्कार लिन उनकी दुई छोरी भारतीय पारम्पारिक पहिरनमा सजिएका थिए ।  ।  

जान्हवीको सुन्दरता तथा उनले लगाएको पहिरन सबैलाई आकर्षक गरिरहेको थियो । जान्ह्वीले आमा श्रीदेवीको मनपर्ने सारी लगाएकी थिइन । यसअघि श्रीदेवीले लगाएको सारीमा सजिएकी जान्ह्वी निकै सुन्दर देखिएकी थिइन् । 

जान्ह्वी कपूर छिट्टै नै फिल्म ‘धडक’ मार्फत बलिउडमा डेब्यू गरिरहेकी छिन । शशांक खेतानको फिल्म ‘धडक’मा जान्ह्वीका साथ साहिद कपूरका भाई इशान खट्टर जोडीको रुपमा रहेका छन । 

श्रीदेवीको ऐना जस्तै जान्ह्वी (तस्बिरमा)

अभिनेत्री श्रीदेवीको २०१८ फेब्रुअरी २४ मा भएको असामयिक निधनले बलिउड तथा उनका संसारभरका प्रशंसकलाई स्तब्ध बनाइदिएको थियो । सुन्दरता शब्दको पर्याय अभिनेत्री श्रीदेवी बलिउडका अभिनेत्रीहरुको आदर्श थिइन् ।

श्रीदेवी यो संसारबाट बिदा भएपछि जेठी छोरी जान्ह्वी कपूरलाई हेर्दा श्रीदेवीको सुन्दरता तथा उनको सम्झनालाई सधै ताजा बनाउनेछ ।

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया