विमलले च्यासलबाट ए डिभिजन लिग खेल्ने

 असोज १२, २०७५ शुक्रबार ६:३५:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

नेपाली राष्ट्रिय टिमका स्ट्राइकर विमल घर्तिमगर सहिद स्मारक ए डिभिजन लिगमा च्यासलबाट खेल्ने भएका छन । लिग सुरु हुन दुई दिनअघि विहिबार राति २१ वर्षीय विमललाई च्यासलले अनुबन्ध गरेको हो ।

विमल र क्लबसँग आधिकारीक रुपमा सम्झौता भएपछि एन्फामा भने उनको नाम आजमात्र दर्ता गराइने भएको छ । हाल बंगबन्धु गोल्डकपको तयारीमा रहेका विमलले गएको सिजन मोफसलमा भएका विभिन्न प्रतियोगितमा थ्रीस्टारबाट खेले पनि लिगका लागि भने क्लबले अनुबन्ध गरेन । जसका कारण विमललाई कसले लिन्छ भनेर ठूलो अडकलबाजी भएको थियो ।

यसै क्रममा उनलाई त्रिभुवन आर्मी र च्यासलले चासो देखाइरहेका थिए । तर अन्तिममा उनी च्यासल जाने निर्णय गरेका हुन् । तर उनी कति रकममा अनुबन्ध भए भन्ने कुरा खुलाइएको छैन । साफ च्याम्पियनसिपमा पाकिस्तान विरुद्ध १४ वर्षको उमेरमा डेब्यु गरेका विमलले पहिलो खेलमा नै गोल गरेपछि चर्चामा आएका थिए । 

२०७२ सालमा भएको राष्ट्रिय लिगमा उनि सुदूरपश्चिम ११ बाट खेलेका थिए । उनी यू–१९ टिममा थिए । एन्फा एकेडेमीका उत्पादक विमलको कप्तानीमा नेपालले यू–१९ साफ च्याम्पियनसिपको उपाधि जितेको थियो  । जुन नेपालमा आयोजना भएको थियो । नेपाली राष्ट्रिय टिमका नियमितद सदस्य विमलले ३१ खेलमा आठ गोल गरेका छन् । 

बंगलादेशमा भएको साफ च्याम्पियनसिपमा पनि उनले बंगलादेश र पाकिस्तान विरुद्ध एक एक गोल गरेका थिए । विमललाई क्लबमा अनुबन्ध गरेपछि च्यासलको टिममा केही फाइदा पुगेको छ । 

अन्तिम अपडेट: चैत १९, २०८०

तपाईको प्रतिक्रिया